काठमाडौं । चलचित्र ‘शत्रु गते’ को टिमले बनाउन लागेको ‘दाल भात तरकारी’मा नायिका आँचल शर्माको इन्ट्री भएको छ । फाइनल भएकी स्वस्तिमा खड्काले फिल्म छोडेपछि ‘शत्रु गते’मा अहम भूमिका निभाएकी आँचलले पाउने भएकी हुन् । स्वस्तिमाले समय अभावको कारण देखाउँदै ‘दाल भात तरकारी’ छोडेपछि आँचलले पाउन लागको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षका अनुसार स्वस्तिमाले गर्ने भूमिका अब आँचलले गर्नेछिन् ।
यस चलचित्रमा आँचलबाहेक हरिवंश आचार्य, निरुता सिंह, पुष्पल खड्का र वर्षा राउत मुख्य भूमिका रहनेछ । यसैगरी किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाल तथा विल्सनविक्रम राईको अभिनय देख्न सकिनेछ ।
फिल्ममा प्रियंका कार्कीको ‘मसला’को मात्र काम गर्दैछिन् । उनले यस फिल्ममा एउटा आइटम गीतमा नृत्य गर्ने भएकी छन् । सोही भूमिकाका लागि प्रियंकालाई चलचित्र घोषणाको अन्तिम समयमा फाइनल गरिएको थियो । मंसिर १ गतेबाट यो चलचित्रको छायांकन सुरु हुँदैछ ।
प्रकाशित मितिः २०७५ कार्तिक २५ आइतबार
Comments