काठमाडौं । हलिउड अभिनेता रे स्टिभेन्सनको निधन भएको छ । ‘आरआरआर’, ‘थोर’, ‘डाइभर्जेन्ट’ फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा निधन भएको हो ।
यस्तै, उनी एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’ का अभिनेताको रुपमासमेत चिन्न सकिन्छ । उनले यस दक्षिण भारतीय फिल्ममा स्टन बक्स्टन नामक खलपात्रको भूमिकामा अभिनय गरेका थिए । यसबाहेक उनलाई हलिउडको चर्चित मार्वल फिल्म ‘थोर’मा समेत देख्न सकिन्छ । उनी डिज्नी प्लसको आगामी फिल्म ‘अशोका’मा अभिनय गर्ने तयारीमा थिए ।
२५ मे १९६४ मा उत्तरी आयरल्याण्डको लिस्बर्नमा जन्मेका स्टिभेन्सनले १९९० को दशकको प्रारम्भमा युरोपेली टिभी शृंखला र टेलिफिल्मबाट कला यात्रा सुरु गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०८० बैशाख ०९ मंगलबार
Comments