काठमाडौं । बङ्गाली टिभी उद्योगकी चर्चित अभिनेत्री सुचन्द्रा दासगुप्ताको निधन भएको छ । अभिनेत्री सुचन्द्राको सडक दुर्घटनामा निधन भएको हो ।
जानकारीका अनुसार सुचन्द्रा शनिवार राती सुटिङबाट घर फर्किरहेकी थिइन् । उनले घर फर्किन एपमार्फत मोटरसाइकल बोलाएकी थिइन् । प्रहरीका अनुसार घर फर्कने क्रममा साइकल चढेका एक व्यक्तिले अचानक बाटा काटेका कारण मोटरसाइकल चालकले अचानक ब्रेक लगाए । सो समयमा मोटरसाइकललाई पछाडिबाट लरीले ठक्कर दियो ।
प्रहरीले जानकारी दिए अनुसार ठक्करका कारण २९ वर्षीय नायिका सुचन्द्रा मोटरसाइकलबाट खसिन् र उनलाई पछाडिबाट आइरहेको ट्रकले किचिदियो जसका कारण नायिकाको घटनास्थलमा नै मृत्यु भयो ।
घटना भएको केही समय पछि बारानगर प्रहरी घटनास्थल पुग्यो । प्रहरीले ट्रक जफत गरेको छ र चालकलाई पनि आफ्नो नियन्त्रणमा लिएको छ ।
प्रकशित मितिः २०८० बैशाख ८ सोमबार
Comments