काठमाडौं । वरिष्ठ अभिनेता हरिवंश आचार्यको पछिल्लो गीत ‘काउली’ युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ । दुई महिनाअघि सार्वजनिक गीतको भिडियोले बिहीवार दिउँसो युट्युबमा १ करोड भ्युज पाएको हो ।
हरिवंशकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै लोकगायिका शान्तिश्री परियारको स्वर छ । गम्भीर विष्टको कोरियोग्राफी एवं सरोज वलीको निर्देशनमा तयार भिडियोमा हरिवंशसँगै प्रकाश सपूत, प्रियंका कार्कीको अभिनय छ ।
चेलीबेटी बेचबिखनविरुद्धको सन्देश यस गीतले दिएको छ । ‘काउली’ले १ करोड भ्युज पाएसँगै हरिवंशले दर्शक र गीतसँग जोडिएका कलाकार एवं प्राविधिकहरूप्रति आभार व्यक्त गरेका छन् ।
प्रकाशित मितिः २०८० जेठ ०४ बिहिबार
Comments