काठमाडौं । एभर्टनका मिडफिल्डर हामेस रोद्रिगेजले एफ ए कप अन्तर्गत टोटनह्यामविरुद्धको खेल गुमाउने देखिएको छ । हामेसको मांशपेशीमा समस्या देखिएपछि आराम चाहिएकाले उनले यो खेल गुमाउने प्रबल संभावना रहेको छ ।
कार्लो एन्सेलोटीको टिमका मुख्य खेलाडी हामेसको फिटनेसका कारण टिमलाई दबाव भने बढेको छ । रियालबाट एभर्टनमा अनुबन्ध भएपछि निकै उत्कृष्ट लयमा देखिएका हामेसले म्यानचेस्टर युनाइटेडसँगको खेलमा पुरा खेल्न सकेका थिएनन् । उनी दोस्रो हाफमा सब्सिच्युट भएका थिए ।
सो खेलमा हामेसको प्रदर्शनका कारण नै एभर्टनले दुई गोलले पछि परेको अवस्थामा बराबरी गर्न सफल भएको थियो ।
एभर्टनका प्रशिक्षक एन्सेलोटीले उनको प्रशिक्षणका बेला देखिने फिटनेसपछि मात्र आइतबार हुने खेलमा खेल्ने नखेल्ने उचित हुने बताए । उनको पिडौलामा समस्या रहेको र यदि फिट नभएको खण्डमा नखेलाउने बताए ।एभर्टनका मिडफिल्डर हामेस रोद्रिगेजले एफ ए कप अन्तर्गत टोटनह्यामविरुद्धको खेल गुमाउने देखिएको छ । हामेसको मांशपेशीमा समस्या देखिएपछि आराम चाहिएकाले उनले यो खेल गुमाउने प्रबल संभावना रहेको छ ।
कार्लो एन्सेलोटीको टिमका मुख्य खेलाडी हामेसको फिटनेसका कारण टिमलाई दबाव भने बढेको छ । रियालबाट एभर्टनमा अनुबन्ध भएपछि निकै उत्कृष्ट लयमा देखिएका हामेसले म्यानचेस्टर युनाइटेडसँगको खेलमा पुरा खेल्न सकेका थिएनन् । उनी दोस्रो हाफमा सब्सिच्युट भएका थिए ।
सो खेलमा हामेसको प्रदर्शनका कारण नै एभर्टनले दुई गोलले पछि परेको अवस्थामा बराबरी गर्न सफल भएको थियो ।एभर्टनका प्रशिक्षक एन्सेलोटीले उनको प्रशिक्षणका बेला देखिने फिटनेसपछि मात्र आइतबार हुने खेलमा खेल्ने नखेल्ने उचित हुने बताए । उनको पिडौलामा समस्या रहेको र यदि फिट नभएको खण्डमा नखेलाउने बताए ।
प्रकाशित मितिः २०७७ माघ २८ बुधबार
Comments