काठमाडौं। एट्लेटिको मड्रिडलाई हराउँदै आरबी लाइपजिग च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति एट्लेटिकोमाथि २–१ को जित निकाल्दै लाइपजिग पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम ४ मा प्रवेश गरेको हो ।
क्लब स्थापनाको ११ वर्षमा लाइपजिगले यो सफलता हासिल गरेको हो । ड्यानियल ओल्मोले हेडमार्फत जर्मन क्लबलाई अघि बढाएका थिए । एट्लेटिकोका जोआ फेलिक्सले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेल सकिन दुई मिनेट बाँकी छदाँ टायलर एडम्सले गोल गर्दै लाइपजिगलाई अविश्वसनीय जित दिलाएका थिए । एट्लेटिको पछिल्लो ६ बर्षमा तेस्रो पटक फाईनल पुग्ने अभियानमा रहेको थियो । तर जर्मन क्लबसंग पराजित हुदै स्पेनिस महारथी क्लब अन्तिम ८ बाट बाहिरिएको छ ।
लाइपजिगले अब सेमिफाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसंग प्रतिस्पर्धा गर्नेछ ।एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ३० शुक्रबार
Comments