काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व सदस्य युवराज सिंहविरुद्ध प्रहरीमा उजुरी परेको छ । दलितको हकमा बोल्दै आएका एक अधिवक्ता रजत कलसनले युवराजविरुद्ध उजुरी दर्ता गराएका हुन् ।
युवराजले भारतीय टिमका अर्का खेलाडी युजभेन्द्र चाहललाई भंगीु शब्द प्रयोग गरेको भन्दै अधिवक्ताले उजुरी दर्ता गराएका हुन् । हालै युवराज र रोहित शर्मा इन्स्टाग्राममा लाईभ आएका थिए । लाईभ कुराकानीमा युजभेन्द्रलाई युवराजले भंगीु शब्द प्रयोग गरेका थिए ।
भंगीु शब्द जातीय भेदभाव जनाउने रहेको भन्दै अधिवक्ता रजत कलसनले उजुरी दर्ता गराएका हुन् । यस्तै उनले युवराजलाई पक्राउ गर्न समेत माग गरेको जी न्युजले जनाएको छ । कलसनले उजुरीमा रोहितलाई समेत कारबाहीको माग गरेका छन् । युवराजको त्यस शब्दमा केही नबोलेको भन्दै उजुरीमा रोहितलाई सामेल गराईएको हो ।
कुलसनले प्रमाण समेत प्रहरीमा बुझाउने तयारीमा रहेको जनाएका छन् । प्रमाणको रूपमा लाईभ भिडियोको सीडी बनाएको उनले बताएका छन्। यस्तै युवराजको यस्तो शब्दले धेरै समर्थकले आलोचना गरेका छन् । त्यसैले युवराजलाई माफी माग्न समर्थकको सुझाब रहेको छ ।
उजुरी दर्ता पछि एसपी लोकेन्द्र सिंहले थप अनुसन्धानका लागि डिएसपीलाई खबर गरेको बताईएको छ । उनले सबै विषयमा छानबिन हुने र आवश्यक कारबाही गरिने बताए ।
युवराजले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। उनले भारतको लागि ३ सय ४ एकदिवसीय, ४० टेष्ट र ५८ टी(ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ २३ शुक्रबार
Comments