काठमाडौं । इटालियन फुटबल एसोसियन (एआईसी)का अध्यक्ष डामियानो तोमासीले जारी सिजनको सिरी ‘ए’का बाँकी खेल अफ्रिलमा सुरु हुन असम्भव भएको बताएका छन् । उनले कोरोना भाइसरको प्रभाव कम भए मे अथवा जुनमा हुन सक्ने अध्यक्ष डामियानोले बताएका छन् ।
यतिबेला कोरोनाका कारण इटालीका सबै खेल गतिविधि अप्रिल तीनसम्मका लागि स्थगित गरिएका छन् ।
साविकको विजेता युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा छ । २६ खेलमा ६३ अंक जोड्दै युभेन्टस शीर्ष स्थानमा रहँदा समान खेल खेलेको लाजिओ ६२ अंक सहित दोस्रो स्थानमा छ । त्यस्तै २५ खेल खेलेको इन्टर मिलान ५४ अंकसहित तेस्रो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र ३ मंगलबार
Comments