रुपन्देही । विश्वभर माहामारिका रुपमा फैलिएको कोरोना भाइरसका कारण रुपन्देहीमा आयोजना हुने भनिएको २२ औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ ।
आयोजक रुपन्देही फुटबल संघले बिहीबार विज्ञप्ति निकाल्दै प्रतियोगिता स्थगित भएको जनाएको हो । प्रतियोगिता चैत १ गतेबाट हुने कार्यक्रम रहेको थियो ।
रुपन्देही देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबसहित १० टिमको सहभागिता रहने बताइएको थियो ।
प्रकाशित मितिः२०७६ फागुन २३ शुक्रबार
Comments