काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को आयोजनामा हुने ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ को चैतमा हुने भएको छ । आयोजक सिप्यानले आइतबार पत्रकार सम्मेलन गर्दै अवार्ड कार्यक्रम घोषणा चैत तेस्रो साता आयोजना हुने जनाएको छ ।
दोस्रो संस्करणको अवार्ड कार्यक्रम चैत २१ गते प्रदान गरिनेछ । सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदयीमान खेलाडी, वर्षको उत्कृष्ट क्षण अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने जनाएको छ ।
वर्ष उत्कृष्ट खेलाडी महिला र पुरुषतर्फ १ लाख ३२ हजार पाउनेछन् । भने उदयीमान खेलाडीलगायत अन्य तीन विधामा विजेताले समान ६६ हजार नगद पुरस्कार पाउनेछन् । अवार्डको वर्षको उत्कृष्ट क्षण भने समर्थकहरुको भोटिङ मार्फत हुनेछ ।
त्यसबाहेक अन्य अवार्डमा भने खेलाडी छनोटका प्राविधिक समिति गठन गर्ने छ । अघिल्लो संस्करणको उत्कृष्ट वर्ष खेलाडी सन्दीप लामिछाने र सीता रानामगर भएका थिए ।
प्रकाशित मितिः २०७६ फागुन ११ आइतबार
Comments