काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र मंगलबार लेख्दै एएफसीका महासचिव विन्डसर जोनले मचिन्द्रलाई एएफसीका तर्फबाट बधाई दिएका हुन् ।
एएफसीले मछिन्द्रलाई माउने वर्षहरुमा पनि थप सफलताका लागि कामना गर्दै अर्को वर्ष हुने एएफसी क्लब प्रतिस्पर्धामा स्वागत गरेको छ । तर, त्यसका लागि क्लब लाइसनिङको न्यूनत्तम शर्त भने पुरा गर्नुपर्ने उल्लेख गरेको छ । तर, नेपालका कुनै पनि क्लबले अहिले सम्म क्लब लाइसेनिङ प्राप्त गरेका छैनन् ।
त्यस्तै एएफसीले सफलतापूर्वक लिग आयोजना गरेमा एन्फालाई पनि बधाई दिएको छ । एसियामा क्लब फुटबलका लागि योगदान गरेको भन्दै एएफसीले एन्फालाई धन्यवाद पनि दिएको छ ।
एएफसीले लिगका आयोजक, सहभागी क्लब र सम्बन्धित सबैलाई एएफसीले धन्यवाद दिएको छ । शनिबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको थियो ।
प्रकाशित मितिः २०७६ फागुन ६ मंगलबार
Comments