काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र संकटाले गोलरहित बराबरी खेलेका छन् ।
दुवै टोलीले पहिलो हाफमा पाएको मौकाको सदुपयोग गर्न सकेनन् ।
उपाधि होडबाट बाहिरिसकेको थ्री स्टार शीर्ष ६ भित्र पर्ने लक्ष्य सहित मैदान उत्रिएको छ ।
यस्तै संकटा पनि शीर्ष ६ मा रहन चाहन्छ । लिगमा संकटा पाँचौं र थ्री स्टार छैटौं जितको खोजीमा छ ।
थ्री स्टार १७ अंक सहित चौंथो र संकटा १५ अंकसहित लिगको पाँचौ स्थानमा छ ।
प्रकाशित मितिः २०७६ माघ २४ शुक्रबार
Comments