काठमाडौँ । एफ ए कप फुटबलको चौथो चरणमा आर्सनलले जित निकालेको छ ।
सोमबार भएको खेलमा आर्सनलले बर्नेमाउथलाई २-१ गोल अन्तरले हराएको हो ।
जितसंगै लण्डन क्लब एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।
खेलको पाँचौ मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
२६ औं मिनेटमा एडवर्ड निक्केयाले लण्डन क्लबको आर्सनल दोब्बर बनाए ।
खेलको अन्तिम मिनेटमा साम सर्रिजले एक सान्तव्ना गोल फर्काएका थिए ।
आर्सनलले युवा खेलाडीलाई खेलमा मौका दिएको थियो । जसमा प्रतिभावान युवा खेलाडीले आफुलाई प्रमाणित गरे ।
प्रकाशित मितिः २०७६ माघ १४ मंगलबार
Comments