काठमाडौं। काराबाओ कप फुटबलमा एस्टन भिल्लासँग लिभरपुल पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको छ । मंगलबार राति भएको खेलमा लिभरपुल एस्टन भिल्लासँग ५–० ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
एस्टनका जोनाथन कोड्जियाले दुई, वेस्ली र कोर्नर हौरिहानेले एक एक गोल गर्दा एस्टनले एक गोल आत्मघाती उपहार पाएको थियो । लिभरपुलका मोर्गन बोएसले आत्मघाती गोल गरेका थिए ।
खेलको १४ औं मिनेटमा कोर्नरले गोल गर्दै एस्टनलाई खेलमा अग्रता दिलाएका थिए । १७ औं मिनेटमा लिभरपुलका बोएसले आत्मघाती गोल गर्दै एस्टन २–० ले अघि बढ्यो । ३७ औं र ४५ औं मिनेटमा जोनाथनले गोल गर्दै एस्टनलाई पहिलो हाफमा ४–० ले अघि बढाए ।
अर्को क्वाटरफाइनलमा आज राति एभर्टन र लेस्टर सिटी, अक्सफोर्ड युनाइटेड र म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र कोलचेस्टर युनाइटेडबीच खेल हुनेछ ।
प्रकाशित मितिः २०७६ पौष २ बुधबार
Comments