काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ५० लाख नगद पुरस्कार पाउने भएको छ । बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको विजेताले ५० लाख पाउने जनाएको हो ।
शनिबारबाट सुरुहुने ए डिभिजन लिगको उपविजेताले ३५ लाख पाउँदा तेस्रोले २५ लाख पाउने छन् । चौथोले १५, पाँचौँले ७ र छैटौंले ५ लाख रुपैयाँ पाउने छन् । हरेक खेल जित्ने टोलीले भने ५० हजार बोनस बाफत पाउने भएको छ । प्रतियोगितामा बराबरी खेलेमा दुबै टोलीले १५-१५ हजार रुपैयाँ पाउनेछन् ।
लिग तयारीका लागि खर्च बापत एन्फाले क्लबहरुलाई २०-२० लाख रुपैया दिनेछ । यस संस्करणमा उत्कृष्ट हुने फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा हरेक खेलको ‘म्यान अफ दी म्याच’ले १० हजार पाउनेछन् ।
प्रकाशित मितिः२०७६ मंसिर २६ बिहीबार
Comments