काठमाडौं । इटालियन क्लब नापोलीका समर्थकको आक्रमणमा परेर इन्ग्लिश क्लब लिभरपुलका दुई समर्थक घाइते भएका छन् ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत नापोली र लिभरपुलबीचको खेलको दौरान घरेलु टोलीका समर्थकको आक्रमणमा लिभरपुलका दुई समर्थक घाइते भएका हुन् । उनीहरुलाई स्कुटरमा आएका नापोलीका समर्थकले आक्रमण गरेको बताईएको छ ।
नापोलीका प्रहरीले दुई समर्थक घाइते भएको र उनीहरुको टाउको चोट लागेको पुस्टि गरेका छन् । यस्तै लिभरपुलका सीईओ पिटर मोरेले हस्पिटल पुगेर घाइते समर्थकलाई भेटेका छन् ।
नापोलीको मैदानमा भएको समूह चरणको पहिलो खेलमा लिभरपुल घरेलु टोलीसँग २-० ले पराजित भएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज १ बुधबार
Comments