काठमाडौं । रोजर फेडेरर विम्बल्डन टेनिसको फाईनलमा प्रवेश गरेका छन् । चीरप्रतिद्वन्दी राफेल नाडाललाई पराजित गर्दै फेडेरर विम्बल्डन टेनिसको फाईनल पुगेका हुन् ।
फेडेररले उपाधिका लागि नोभाक जोकोभिचसंग खेल्नेछन् ।
स्विस खेलाडी फेडेररले स्पेनको तेस्रो वरियताका नाडालमाथि ७–६ (७–३) १–६, ६–३ र ६–४ को जित निकाल्न सफल भए ।
फेडेररको अबको भेट शीर्ष वरियताको सर्बियन खेलाडी जोकोभिचसंग हुनेछ । फेडेररले आठौं पटक विम्बल्डन टेसिनको उपाधि जितेका छन् । यदी उनले आईतबार हुने खेलमा जोकोभिचलाई पराजित गरेमा उनले महिला स्पर्धामा मार्टिना नवरातिलोवाको कीर्तिमानलाई बराबरी गर्नेछन् ।
यसअघिकाे पहिलो सेमिफाइनलमा रोबर्टो बटिस्टालाई पराजित गर्दै नाेभाक जोकोभिक फाइनल पुगिसकेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जोकोभिकले बटिस्टालाई ६-२, ४-६,६-३ र ६-२ को सेटमा पराजित गरेका थिए । चार पटकको विजेता जोकोभिक योसँगै छैटौं पटक फाइनलमा पुग्न सफल भएका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७६ असार २८ शनिबार
Comments