काठमाडौं । ईडेन हजार्ड सम्मिलित बेल्जियमले युरो कप छनोटमा काजकिस्तानलाई हराएको छ । स्पेनिस महारथी रियल मड्रिडका नयाँ खेलाडी हजार्डको सहयोगमा बेल्जियमले घरेलु मैदानमा काजकिस्तानलाई ३–० ले हराएको हो ।
ड्रीस मर्टिन्सले ११ औ मिनेटमा बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । टिमोथी केस्टेनले १४ औ मिनेटमा बेल्जियमको अग्रतालाई दोब्बर बनाउने काम गरे । रोमेलु लुकाकुले ५० औ मिनेटमा तेस्रो गोल गर्दै बेल्जिमयको जित सुनिश्चित गरे ।
समुह आईमा बेल्जियमले ३ खेलबाट शतप्रतिशत जित आत्मसाथ गरेको छ । लण्डन क्लब चेल्सी छाडेर रियल मड्रिड गएपछि हजार्ड पहिलो पटक बेल्जियमको जर्सीमा मैदान उत्रिएका हुन् ।
बेल्जियमले आगामी मंगलबार स्कटल्याण्डसंग खेल्नेछ । काजकिस्तानलाई भने सान मारिनोलाई हराउँदै दोस्रो जित निकाल्ने अवसर हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ २६ आइतबार
Comments