काठमाडौँ । थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज शनिबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह ए विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह बी को उपविजेता हङकङसँग फाइनल प्रवेशका लागि खेल्न लागेको हो । थाइल्याण्डको चियाङमाईमा साविकको विजेता समेत रहेको नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार ९ः१५ मा सुरु हुनेछ ।
दुवै टोली फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रने छन् । प्रतियोगिता अन्तर्गत नै अर्को सेमिफाइनलमा समूह बी को विजेता सिंगापुरले समूह ए को उपविजेता मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मितिः २०७६ वैशाख १४ शनिबार
Comments