काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाईटेडले साउथ ह्याम्पटनलाई पराजित गरेको छ। गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा वेष्ट ह्याम २–१ ले विजयी भयो। उसका लागि दुबै गोल फेलिपे एन्डर्सनले गरे। साउथह्याम्प्टनका नाथन रेडठमण्डले एक गोल फर्काएका थिए।
जितसँगै वेष्ट ह्याम युनाईटेड १९ खेलबाट २७ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ। समान खेलबाट ५१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ। ४५ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहँदा ४४ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो, ४० अंकसहित चेल्सी चौथो तथा ३८ अंकसहित आर्सनल पाँचौ स्थानमा छ।
प्रकाशित मितिः २०७५ पुष १३ शुक्रबार
Comments