काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा युक्रेनी क्लब साख्तर डोनेक्सलाई हराएको छ । युईएफए च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत मंगलबार राति सिटीले डोनेक्सलाई उसैको मैदानमा ३–० ले हराएको हो ।
सिटीका लागि डेभिड सिल्भा, एम्रिक लापोर्टे र बर्नार्डो सिल्भाले एक एक गोल गरे । सिटीले डेभिडको गोलबाट खेलको ३० औं मिनेटमा अग्रता लिएको थियो । ३५ औं मिनेटमा लापोर्टेले गोल गरेपछि सिटीले २–० को अग्रता बनाएको थियो । ७१ औं मिनेटमा बर्नाडोले गोल गरेपछि सिटीले ३–० को सहज जित दिलाए ।
जितसंगै सिटीले ३ खेलबाट ६ अंक जोडेको छ । ३ खेलबाट २ अंक जोडेको डोनेक्स पुछारमा छ । च्याम्पियन्स लिग अन्तर्गत नै समूह एफ को अर्को खेलमा होफेनहाइम र लियोनले ३–३ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।बराबरीपछि ५ अंक जोडेको लियोन दोस्रो र २ अंक जोडेको होफेनहाइम तेस्रो स्थानमा रहेका छन् ।
प्रकाशित मितिः २०७५ कार्तिक ७ बुधबार
Comments