काठमाडौं । मलेसियामा जारी एसीसी एसिया कप छनोट क्रिकेटमा आफ्नो दोस्रो खेलका रुपमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । नेपालले बलिङ गर्ने भएसँगै युएईले ब्याटिङको निम्तो पाएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा पहिलो खेलमा ओमानसँग पराजित नेपाललाई दोस्रो खेल जित्नैपर्ने अवस्था छ । नेपालका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । युएईलाई पराजित गर्न सके नेपालको लागि आगामी यात्रा सहज हुनेछ ।
यूएई र नेपाल दुवै वानडे अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोली भएकाले यस खेल ओडीआई मान्यता प्राप्त खेल हुनेछ । २० वर्षयता नेपाल र युएई १४ पटक आमने सामने भएकोमा १० पटक नेपाल पराजित भएको छ । ३ खेलमा विजयी हुँदा एक खेल बराबर भएको थियो ।
प्रकाशित मितिः २०७५ भदौ १४ विहबार
Comments