काठमाडौं । पूर्व विश्व नम्बर एक वेलायती टेनिस खेलाडी एन्डी मुर्रे युएस ओपन टेनिसको पुरुष तर्फ दोस्रो चरणमा प्रवेश गरेका छन् । मुर्रे अष्ट्रेलियन खेलाडी जेम्स डकवर्थलाई तीन एकको सेटमा हराएर दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
लुइस अम्स्ट्रोङ स्टेडियममा भएको खेलमा मुर्रेले डकवर्थमाथि ६–७ ९५–७०, ६–३, ७–५ र ६–३ को जित निकालेका हुन् । अब मर्रेले दोस्रो चरणमा स्पेनीस खेलाडी फर्नान्डो र्भेडास्कोसँग प्रतिस्पर्धा गर्नेछन् ।
हिप इन्जुरीको शल्यक्रियापछि मुर्रेले पहिलोपटक ग्राण्डस्लाम टेनिस खेलेका हुन् । यस्तै, स्विस खेलाडी स्टान वावारिन्का पनि दोस्रो चरणमा प्रवेश गरेका छन् । स्टानले आठौं बरियताका बुल्गेरीयन खेलाडी ग्रिगोर डिभित्रोभलाई तीन शुन्यको सोझो सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
स्टानले ग्रिगोर विरुद्ध ६–३, ६–२ र ७–५ को सेटमा जित निकाले । सन् २०१६ का च्याम्पियन स्टान गत बर्ष उपाधि रक्षा गर्न सकेका थिएनन । अब स्टानले दोस्रो चरणमा फ्रान्सका युगो हुम्बेर्टसँग खेल्नेछन् ।
प्रकाशित मितिः २०७५ भदौ १२ मंगलबार
Comments