भक्तपुर । पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिएका छन् । पूर्वक्रिकेटर समेत रहेका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिएका हुन् ।
पूर्वप्रधानमन्त्री नवाज शरीफको पक्षमा सन् २०१३ मा भएको निर्वाचनमा धाँधली गर्न सहयोग गरेको आरोप खानले सेथीलाई लगाएका थिए । सेथीलाई शरिफले पाकिस्तान क्रिकेट वोर्ड पीसीबी मा नियुक्त गरेका हुन् ।
सहज तरिकाले काम गर्ने वातावरण नभएको र आफ्नो जिम्मेवारी पूरा गर्न गाह्रो हुने देखिएकाले मैले क्रिकेट बोर्डबाट राजीनामा दिने निर्णय गरेको हुँ ।ु सेथीले ट्विटरमार्फत सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख छ ।
प्रधानमन्त्री खानले सेथीको ठाउँमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का पूर्वअध्यक्ष हसन मानीलाई नियुक्त गरिसकेका छन् । पदत्याग गरेका सेथी पाकिस्तानको राष्ट्रिय साप्ताहिक द फ्राईडे टाइम्सका सम्पादकसमेत हुन् ।
सन् २०१६ मा सेथीकै नेतृत्वमा पाकिस्तान सुपर लिग आयोजना गरिएको थियो । त्यसलाई पाकिस्तानमा २० वर्षमाथिको क्रिकेट खेलको विकासमा ठूलो योगदान पुर्याएको प्रतियोगिताका रुपमा लिइन्छ । एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ ९ शनिवार
Comments