२८ जेठ । विश्व नम्बर एक टेनिस खेलाडी स्पेनका राफेल नाडालले ११औं पटक फ्रेन्च ओपन जितेका छन् । फाइनल खेलमा अष्ट्रियाका डोमिनिक थिएमलाई सोझो सेटमा हराउँदै ११ औं पटक उपाधि उचालेका हुन् ।
पहिलो पटक मुख्य उपाधिको फाइनल खेलेका थिइमलाई नाडलले ६–४, ६–३ र ६–२ को सेटमा हराएका हुन् ।
नाडल सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा रहेका स्विजरल्याण्डका रोजर फेडेररले २० वटा ग्राण्डस्लाम उपाधि जितेका छन् । (एजेन्सी)
११ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जिते नाडलले
0
Share.
Comments