एजेन्सी, २८ पुस । सेल्टा भिगोलाई हराउँदै बार्सिलोना स्पेसिन कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ । दोस्रो लेगको खेल बार्सिलोनाले भिगोलाई ५–० ले हराउँदै समग्रमा ६–० को परिणामका साथ क्वाटरफाईनलमा पुगेको हो ।यी टिमले पहिलो लेग १–१ गोलको बराबरी खेलेका थिए ।
बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई गोल तथा योर्डी अल्बा, लुईस सुवारेज र ईभाँ राकिटिचले एक एक गोल गरे ।
गएरातिका अरु खेलहरुमा लेभान्तेलाई हराउँदै ईस्पानियोल तथा काडिजलाई हराउँदै सेभिया पनि क्वाटरफाईनलमा पुगेका छन् ।स्पेनिस किङ्स कपसमेत भनिने कोपा डेल रे फुटबलमा रियाल मड्रिड, एथ्लेटिको मड्रिड, भ्यालेन्सिया, लेगानेज र आलाभेज पनि क्वाटरफाईनलमा पुगिसकेका छन् ।
सेल्टा भिगोलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा
0
Share.
Comments