एजेन्सी, २२ कार्तिक । पूर्व इटालियन खेलाडि आन्द्रेस पिर्लोले फुटबलबाट सन्यास लिएका छन् । न्युयोर्क सिटीका लागि आफ्नो अन्तिम खेल खेल्दै पूर्व इटालियन खेलाडि आन्द्रेस पिर्लोले फुटबलबाट सन्यास लिएका हुन् ।
३८ वर्षीय पिर्लोले इटालीका लागि ११८ खेल खेले भने ब्रेसियाबाट क्लब करियर सुरु गर्दै इन्टर मिलान, एसि मिलान र युभेन्टसजस्ता प्रतिष्ठित क्लबहरुबाट पनि खेलेका थिए । दुई वर्षअघि मेजर लिग सकर (एमएलएस) खेल्न उनी न्यु योर्क सिटी पुगेका थिए ।
“न्युयोर्कसँगको मात्र नभई मेरो फुटबल खेलाडिको यात्राको पनि आज अन्त्य हुँदै छ,” पिर्लोले भने । त्यस्तै आफुले खेलेको हरेक टोली र हरेक खेलाडिसँग खेल्नु निकै गर्व महसुस गरेको पनि उनले आफ्नो ट्विटरमार्फत जनाए ।
पूर्व इटालियन खेलाडि पिर्लोको सन्यासको घोषणा
0
Share.
Comments