एजेन्सी, १ भदौ । क्रिकेट बलले लागेर एक क्रिकेटरको मृत्यु भएको छ । मृत्यु हुने क्रिकेटर पाकिस्तानका जुबेर अहमद रहेका हुन् । पाकिस्तानको मार्दनमा क्लब क्रिकेट म्याचमा हेलमेट नलगार्इ ब्याटिङ गरिरहेका क्रिकेटर अहमदलाई बलले टाउकोमा लागेको पाकिस्तानी पत्रिका टाइम्स अफ इस्लामाबादले जनाएको छ । बलले लाग्ने बित्तिकै अस्पताल गरेको भएपनि बचाउन भने नसकिएको बताइएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले आफ्नो ट्वीटर ह्याण्डलमार्फत अहमदको निधन भएको पुष्टि गरेको छ । बोर्डले परिवार तथा खेलाडी तथा समर्थकप्रति समवेदना प्रकट गरेको छ । बोर्डले सबै खेलमा अनिवार्य रुपमा हेलमेट प्रयोग गर्न पनि खेलाडीलाई आह्वान गरेको छ ।
पाकिस्तानी क्रिकेटरको बलले लागेर मृत्यु
0
Share.
Comments