काठमाडौं । पानीले रोकिएको नेपाल र हङकङबीचको त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गतको खेल फेरी सुरु भएको छ । टस हारेर पहिला ब्याटिङ गरिरहेको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।
नेपालका करण केसीले पहिलो बलमै हङकङका ओपनर मार्टीन कोट्जेको विकेट लिएका थिए । नेपाल फ्रेन्डसिप कपको एकमात्रै खेलमा हिजो हङकङसँग ७३ रनले पराजित भएको थियो ।
प्रकाशित मितिः २०८० फागुन २७ आइतबार
Comments