काठमाडौं । इन्डियन्स प्रिमियर लिग (आइपिएल) क्रिकेटको मिनि अक्सन दुबईमा जारी छ। अस्ट्रेलियाका मिचेल स्टार्क आइपिएल इतिहासकै महँगो खेलाडी बनेका छन्। उनलाई कोलकाता नाइटराइडर्सले २४.७५ करोड भारतीय रुपैंयामा अनुबन्धन गरेको हो। उनीमाथि गुजरातले अन्तिमसम्म बोली लगाएको थियो।
केही समयअघि मात्र अस्ट्रेलियाका कप्तान प्याट कमिन्सलाई २०.५ करोडमा हैदराबादले खरिद गरेको थियो। उनले स्टार्कभन्दा डेढ घन्टाअघि आइपिएल इतिहासकै सर्वाधिक मूल्यको कीर्तिमान बनाएका थिए। त्यस्तै हर्षल पटेल यो अक्सनमा सर्वाधिक महँगो भारतीय खेलाडी बने। उनलाई ११.७५ करोडमा पञ्जाबले खरिद गर्यो।
न्यूजिल्यान्डका डेरिल मिचेललाई १४ करोडमा चेन्नई सुपर किंग्सले खरिद गर्दा न्यूजिल्यान्डका रचिन रविन्द्रलाई १.८० करोडमा चेन्नईले नै आफ्नो पक्षमा राख्न सफल भयो। त्यस्तै, श्रीलंकाका वानिन्दु हसरंगा १.५० करोड भारतीय रुपैंयाँमा हैदराबादमा आवद्ध भए।
त्यस्तै, रोयल च्यालेन्जर्स बेंगलोरले वेस्टइन्डिजका तीव्र गतिका बलिङ अलराउन्डर अल्जारी जोशेफलाई ११ करोड ५० लाख भारतीय रुपैंयामा अनुबन्धन गर्यो।
प्रकाशित मितिः २०८० पौष ०३ मंगलबार
Comments