काठमाडौ., २३ असार । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा ब्राजिललाई पछि पार्दै जर्मनी पहिलो स्थानमा पुगेको छ । कन्फेडेरेसन कपको उपाधि जितेको विश्व विजेता जर्मनी ब्राजिललाई पछि पार्दै विश्व वरियताको शीर्ष स्थानमा पुगेको हो । जर्मनी दुई स्थान सुधार गर्दै २ वर्षपछि शीर्ष स्थानमा पुगेको हो । नयाँ वरियतामा ब्राजिल दोस्रो र अर्जेन्टिना तेस्रो स्थानमा छन् । यसअघि आठौं स्थानमा रहेको पोर्चुगल ४ स्थान सुधार गर्दै चौथो स्थानमा उक्लेको छ । स्वीट्जरल्याण्ड, पोल्याण्ड, चिली, कोलम्बिया, फ्रान्स र बेल्जियम क्रमशस् पाचौं देखि दशौँ स्थानमा छन् ।
यसैगरी नेपाल १६९ औं स्थानबाट एक स्थान तल झर्दै १७० औं स्थानमा पुगेको छ । दक्षिण एसियामा सबैभन्दा अगाडि रहेको भारत ४ स्थान माथि उक्लदै ९६ स्थानमा उक्लेको छ । नयाँ वरियता अनुसार दक्षिण एसियाली मुलुकहरूमा भारतपछि माल्दिभ्स १४ स्थान माथि उक्लदै समग्र वरियताको एक सय ४२औं स्थानमा छ । नेपालभन्दा माथि रहेको भुटान २ स्थान माथि उक्लदै १ सय ६४ औं स्थानमा पुगेको छ भने ३ स्थान उक्लदै अफगानिस्तान १ सय ५५ औं स्थानमा छ । नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा छ ।
नेपालभन्दा तल रहेको बंगलादेशले दुई स्थान सुधार गर्दै १ सय ९० औं स्थानमा पुगेको छ । १ सय ९७ औं स्थानमा रहेको श्रीलंका र २ सय औं स्थानमा रहेको पाकिस्तान भने यथावत छन् ।
ब्राजिललाई पछि पार्दै जर्मनी शीर्षस्थानमा, नेपाल एक स्थान तल
0
Share.
Comments