एजेन्सी १८ असार । मिनि विश्व कप अर्थात् फिफा कन्फेडेरेसन कपको उपाधिका लागि विश्व च्याम्पियन जर्मनी र दक्षिण अमेरीकी च्याम्पियन चिली भिड्दैछन् । विश्व विजेता जर्मनीलाई कोपा अमेरिका कप च्याम्पियन चिडीको चुनौती कडा हुने अनुमान गरिएको छ । आइतबार राती रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा खेलिने फाइनल खेलको उपाधि जित्न दुवै टोली आतुर छन् । सन् २०१८ मा आयोजना हुने बिश्व कप फुटबलको तयारी स्वरुप खेलिएको कन्फेडेरेसन कपमा जर्मनी र चिलीबीचको प्रतिस्पर्धाले पुनः एक पटक फुटबलको शक्ति यूरोप या दक्षिण अमेरी भन्ने तर्कलाई निश्कर्षमा पु¥याउने छ । जर्मनी बिश्व च्याम्पियन टोली हो । सन् २०१४ मा दक्षिण अमेरीक राष्ट्र ब्राजिलमा भएको बिश्व कपमा अर्को दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनालाई अतिरीक्त समयमा पराजित गर्दै जर्मनीले उपाधि जितेको थियो । चिली लगातार दुई पटक फाईनलमा अर्जेन्टिनालाई नै पराजित गर्दै कोपा अमेरीकाको बिजेता बनेको टोली हो । त्यसैले यी दुई टोलीबिचको प्रतिस्पर्धाले अर्को बर्ष रुसमै हुने बिश्व कपको बिजेता टोलीको संकेत समेत मिल्ने छ ।
जर्मनी कन्फिडे«सन्स कपका लागि आफ्ना अनुभवी खेलाडीलाई आराम दिएर नयाँ र युवा खेलाडीलाई लिएर रुस आईपुगेको छ । अहिलेको जर्मन टोलीमा सन् २०१४ को बिश्व कप उपाधि जित्दाका मात्र तीन खेलाडी छन् । जुलियन डे«क्लर, जोसुवा किमिच र जोनास हेक्टर बाहेकका खेलाडीलाई प्रशिक्षक जोचिम लोयले टोलीमा समाबेश गरेका छैनन् । त्यस बाहेकका प्रायः खेलाडी नयाँ छन् । तर नयाँ खेलाडीबिचको तालमेल निक्कै उत्कृष्ट देखिएको छ । प्रशिक्षक लोयले भने जस्तै जर्मन खेलाडीहङले पछिल्लो दुई सातामा आफुलाई पूर्ण टोलीको रुपमा प्रस्तुत गरेका छन् ।त्यसको ठीक बिपरीत चिली आफ्नो उत्कृष्ट टोली लिएर प्रतियोगितामा सहभागी हुन आईपुगेको छ । चिलिलाई आफ्नो पहिलो रोजाईका स्ट्राईकर एलेक्सिस साञ्चेज, आर्टुरो भिदाल, मिडफिल्डल इडवार्डो भर्गास लगायत खेलाडीको साथ छ । प्रतियोगितामा अपराजित रहदै फाईनल पुगेका यी दुई टोलीबिचको प्रतिस्पर्धा निक्कै रोचक हुने अपेक्षा गरीएको छ ।
प्रतियोगिताको एउटै समुहमा परेका जर्मनी र चिलीले समुह चरणको भेटमा बराबरी खेलेका थिए । समुह चरणको अन्तिम खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको सुरुवातमै गोल बेहोरेको जर्मनीले दोस्रो हाफमा बराबरीमा ल्याएको थियो । सेमिफाईनलमा चिली यूरो च्याम्पियन पोर्चुगललाई टाईब्रेकरमा ३–० ले पराजित गर्दै फाईनलमा पुगेको हो । जर्मनी भने मेक्सिकोलाई निर्धारीत समयमै ४–१ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनलमा चिलीको उत्कृष्ट आक्रमण र सेमिर्फानल टाईब्रेकरमा पोर्चुगलको लगातार तीन प्रहारलाई बिफल तुल्याएका गोलरक्षक क्लाउडीयो ब्राभोकोको प्रदर्शनविरुद्ध जर्मनीका युवा खेलाडीको टीम गेमको प्रदर्शनले नै उपाधि निर्धारण गर्नेछ ।
Comments