काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि पाकिस्तान लागेका छन् । बलात्कारको मुद्धा झेलिरहेका सन्दीप सोमबार बिहान पाकिस्तान प्रस्थान गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थलमा उपस्थित भएर सन्दीपलाई बिदाई गरेका थिए । उनले सन्दीपबाट देशले ठुलो भरोसा र अपेक्षा राखेको भन्दै राम्रो प्रर्दशनका लागि शुभकामना दिएका थिए । सदस्य सचिव घिसिङले सन्दीपलाई राष्ट्रिय झण्डा सहित बिदाई गरे ।
पाकिस्तान प्रस्थान गर्नुअघि संक्षिप्त पत्रकार सम्मेलनमा सन्दीपले एसिया कपमा नेपाली टिमले दिल खोलेर खेल्ने प्रतिक्रिया दिए ।
नेपालले एसिया कपको समूह चरणमा विश्व क्रिकेटका महारथी देश भारत र पाकिस्तानसँग खेल्दैछ ।
‘भारत–पाकिस्तानसँग खेल्न पाउनु सबै नेपालीका लागि गर्वको कुरा हो। यो हार जित भन्दा पनि सिक्न कुरा हो । हामी दिल खोलेर खेल्नेछौं ।’ सन्दीपले भने ।
मुद्धाको पेशी आईतबार रहेका कारण सन्दीप नेपाली टिमसँग पाकिस्तान गएका थिएनन् । मुद्धा आईतबार हेर्न नभ्याईने भन्दै भदौ २१ गतेको पेशी तोकिएको छ । अर्को पेशी अघिनै खेल्न भ्याईने भएपछि सन्दीपले एसिया कपका लागि पाकिस्तान जाने निर्णय गरेका हुन् ।
सन्दीपले नेपाली टिमले पछिल्लो समय राम्रो खेलिरहेको बताउँदै एसिया कपमा राम्रो प्रर्दशन हुने विश्वास ब्यक्त गरे । उनले प्रतियोगिताका लागि आफुले सक्दो अभ्यास र तयारी गरेको समेत पत्रकार सम्मेलनमा जानकारी गराए । उनले एसिया कपलाई पर्वको रुपमा ब्याख्या गर्दै यस्तो अवसर पटक पटक नआउने उल्लेख गरे ।
‘यो खुसीको पर्व हा । सधै भारत र पाकिस्तासँग खेल्न पाईदैन । एकपटक खेलेपछि यि टिमसँग निरन्तर कसरी खेल्न सकिन्छ भनेर छलफल गरिरहेका छौं । कसरी टिमलाई खेल्नका लागि मिलाउन सकिन्छ भनेर हेरिरहेका छौं ।’ उनले भने ।
नेपालले एसिया कप क्रिकेटमा अगष्ट ३० मा पाकिस्तानसँग र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा खेल्नेछ ।
Comments