एजेन्सी, ४ असार । च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा आज चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुँदैछ । बेलायतको ओभलमा हुने फाइनल खेल दिउँसो सवा तीन बजेपछि सुरु हुनेछ ।
भारतले बंगलादेशलाई र पाकिस्तानले इंग्ल्याण्डलाई सेमिफाइनलमा हराएर फाइनलमा पुगेका हुन् । भारत र पाकिस्तानबिचको सmाइनल खेललाई एक दिवसीय क्रिकेटको रोमाञ्चक र महाप्रतिस्पर्धाको रुपमा हेरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको एक दिवसीय ठूलो प्रतियोगिताको फाइनलमा यी दुई देशबिच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । भारत चौथो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको हो भने पाकिस्तान पहिलो पटक फाइनल खेल्दैछ ।
दुई देशबिच अहिलेसम्म भएका एक सय २८ खेलमा पाकिस्तान ७२ खेलमा विजयी भएको छ भने भारतले ५२ खेल जितेको छ । चार खेल भने नतिजा बिहिन अवस्थामा सकिएका छन् ।
च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुँदै
0
Share.
Comments