एजेन्सी, ३१ जेठ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आउँदो अगस्ट १२ (साउन २८) देखि सुरु हुने भएको छ । प्रिमियर लिग २०१७–१८ सिजनको खेल तालिका आज सार्वजनिक भएको छ ।
सिजनको पहिलो खेलमा यो सिजनको विजेता चेल्सीले घरेलु मैदानमा बर्नलीसँग खेल्ने छ । यो सिजन बढुवा भएर प्रिमियर लिगमा आएको न्युक्यासलले पहिलो खेलमा टोटनह्याम, ब्राइटनले म्यानचेस्टर सिटी तथा हडर्सफिल्डले क्रिष्टल प्यालेससँग खेल्ने छन् । सिजनको अन्तिम खेल सन् २०१८ को मे १३ मा हुने तय भएको छ ।
यो सिजन न्युक्यासल, ब्राइटन तथा हडर्सफिल्ड बढुवा भएर प्रिमियर लिगमा आएका हुन् । यस्तै चेल्सी, टोटनह्याम, म्यानचेस्टर सिटी, लिभरपुल, आर्सनल, म्यानचेस्टर युनाइटेड, क्रिष्टल प्यालेस, बर्नली, बोर्नमाउथ, एभर्टन, लेस्टर सिटी, साउथह्यामप्टन, स्टोक सिटी, स्वान्सी सिटी, वाट्फोर्ड, वेष्ट ह्याम र वेष्ट ब्रोम पुराना टिम हुन् ।
यो सिजन हल सिटी, मिडल्सबर्ग र सन्डरल्याण्ड रेलिगेशनमा परेर म्याम्पियनसिपमा घटुवा भएका छन् ।
इंग्लिस प्रिमियर लिगको नयाँ खेल तालिका सार्वजनिक
0
Share.
Comments