एजेन्सी, २२ जेठ । च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत हिजो राति भएको खेलमा भारतले पाकिस्तानलाई १ सय २४ रनले हराएको छ ।
बेलायतको बर्मिंघममा भएको खेलमा भारतले पाकिस्तानलाई डकवर्थ लुइस नियमको आधारमा १ सय २४ रनले हराएको हो । २ सय ८९ रनको लक्ष्य पाएको पाकिस्तानलाई १ सय ६४ रनमा अलआउट गर्दै भारत विजयी भएको हो । पानी परेपछि ४८ ओभरमा छोट्याइएको खेलमा भारतले ३ विकेट गुमाएर ३ सय १९ रन बनाएपनि पाकिस्तानले डक वर्थ लुइस प्रणाली अनुसार २ सय ८९ रनको लक्ष्य पाएको थियो ।
पाकिस्तानका अजहर अलिले ५० र मोहम्मद हाफिजले ३३ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । भारतका उमेश यादवले तीन तथा हार्दिक पाण्डेय र रविन्द्र जडेजाले समान दुई दुई विकेट लिए ।
पहिले ब्याटिङ गरेको भारतका लागि रोहित शर्माले ९१, विराट कोहलीले नटआउट ८१, शिखर धवनले ६८ र युवराज सिंहले ५३ रन बनाए ।
भारतले पाकिस्तानलाई १२४ रनले हरायो
0
Share.
Comments