भक्तपुर । आइसीसी टी – २० विश्वकपको ट्रफी भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको छ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यले ट्रफी प्रदर्शनीमा राखिएको हो। क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो।
यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो। टी-ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याइएको छ। विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने क्यानले जानकारी गराएको छ।
विश्वकपको १०० दिने ट्रफी भ्रमणअन्तर्गत ट्रफी नेपाल ल्याइएको हो। ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिँदैछ।
अस्ट्रेलियाको ७ सहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ। विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन्।
प्रकाशित मितिः २०७९ भदौ १५ बुधबार
Comments