काठमाडौं । प्रिमियर लिग क्लब लेस्टर सिटीले गोलकिपर एलेक्स स्मिथिसलाई अनुबन्ध गरेको छ ।
लेस्टरले गोलकिपर एलेक्सलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
३२ वर्षीय गोलकिपरले लेस्टरसँग दुई वर्षको सम्झौता गरेका छन् ।
इंग्लिस गोलकिपर एलेक्स चार सिजन कार्डिफ सिटीमा बिताएर लेस्टर आएका हुन् ।
एलेक्सले कार्डिफमा १०० खेल खेलेका छन् ।
त्यसअघि उनले हडर्सफिल्ड टाउन र क्युपीआरबाट खेलेका थिए ।
एलेक्सले इंग्ल्यान्डको उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका थिए ।
Comments