काठमाडौं । इटालियन क्लब युभेन्ट्सका पुर्व प्रशिक्षक आन्द्र पिर्लाे टर्किस लिग क्लब फ्याटी करागुम्रुकको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । पिर्लोले करागुम्रुकसँग १ वर्षको सम्झौता गरेका हुन् । पिर्लाे झन्डै एक वर्षपछि प्रशिक्षणमा फर्किएका हुन् ।
४३ वर्षीय पिर्लो २०२१ मेमा युभेन्ट्सबाट बर्खास्तीमा परेका थिए । उनको प्रशिक्षणमा युभेन्ट्सले इटालियन कप र सुपर कप जितेपनि सिरी एमा चौथो भएपछि उनी बर्खास्तीमा परेका थिए । युभेन्ट्सले सन् २०१२ पछि सिरी एको उपाधि गुमाएको थियो ।
युभेन्ट्स यो सिजन पनि सिरी ए उपाधि जित्न असमर्थ बन्दा चौथो स्थानमै लिगको अन्त्य गरेको छ ।मिडफिल्डको बादशाह मानिने पिर्लाेले ब्रेसियाबाट फुटबल सुरु गरेका थिए । उनले इन्टर मिलान, एसी मिलान र युभेन्ट्ससँगै अमेरिकाको न्युयोर्क सिटीबाट व्यवसायिक खेल खेलिसकेका छन् ।
उनले इटालीका लागि ११६ क्याप जित्दा १३ गोल गरेका छन् ।फ्याटी करागुम्रुक सन् १९२६ मा स्थापित क्लब हो । तर, क्लबले टर्किस लिगको उपाधि जित्न सकेको छैन । फ्याटी करागुम्रुकले गत सिजन आठौं स्थानमा लिगको अन्त्य गरेको थियो ।
प्रकाशित मितिः २०७९ जेठ ३० सोमबार
Comments