काठमाडौं । नेपाल रग्वी संघले बंगबन्धु बंगलादेश–नेपाल रग्बी शृंखलाका लागि २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।अघिल्लो महिना सम्पन्न छनोट क्याम्पबाट आएका ३५ जनामध्येबाट राष्ट्रिय टोलीका प्रशिक्षकत्रय विनोद तामाङ, टंकराज र गोपाल क्षेत्रीले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।
नेपाल टिमले बंगलादेशको राष्ट्रिय टोलीसँग असार ७ र ८ गते ढाकामा सेभेड साइडका दुई र १५ साइडको एक खेल खेल्नेछ ।
नेपाली टोली
फरवार्डः श्रीराम श्रेष्ठ, सुमन चौलागाईं, यदु अधिकारी, रोशन घर्ती, सुजन कुमाल, रमितबहादुर मल्ल, विवेश बासु, नवीन महर्जन, किरण गुरुङ, अमरसिंह श्रेष्ठ, रामकिशोर चौधरी, विक्रम घर्ती, शेरबहादुर ओली, क्षितिज कार्की, सन्जीव कुँवर
ब्याकः कृष्ण क्षेत्री, प्रेमबहादुर कोइराला, विक्रम पुरी, सन्जय अधिकारी, विराट श्रेष्ठ, हुत्तराज प्रधान, झुकेन राई, दिनेश थोकर तामाङ, नरोज कार्की, सुरज चौधरी, पुजन फेवाली, भेषराज बास्तोला र सविन महत ।।
प्रकाशित मितिः २०७९ जेठ २२ आइतबार
Comments