काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा सर्वाधिक डक (शून्य) आउट हुने खेलाडी बनेका छन् । बिहीबार रोहित शर्मा चेन्नई सुपर किंग्सविरुद्ध शून्यमै क्याच भए । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ गर्नेक्रममा पहिलो ओभरको दोस्रो बलमै आउट भएका थिए ।
तीव्र गतिका बलर मुकेश चौधरीको पहिलो ओभरको दोस्रो बलमा रोहित मिडअनमा मिचेल सान्टनारबाट शून्यमा आउट भए । उनी आइपिएलमा १४ औं पटक डक आउट भएका हुन् । एक खेलाडीको रुपमा आइपिएलमा सर्वाधिक डक हुने खेलाडी हुन् । रोहितपछि अजिंक्या रहाणे, पार्थिव पटेल, अम्बाती रायुडू, मनदीप सिंह, हरभजन सिंह र पियुष चवला १३–१३ पटक डक आउट भएका थिए ।
मुम्बईका दुबै ओपनर रोहित शर्मा र ईशान किशन लयमा छैनन् । रोहित यस सिजनमा क्रमशः ४१, १०, ३, २६, २८, ६ र ० मा आउट भएका छन् । पाँच पटकको मुम्बई लगातार ७ हारको साथ पुछारमा छ ।
मुम्बई सुरुवाती ७ खेल हार्ने पहिलो टोली हो । यसअघि सुरुवाती ६ खेल मात्र गुमाउने दुई टोली थिए । सन् २०१३ मा दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) र २०१९ मा रोयल च्यालेन्जर्स बेंगलोरले सुरुवाती ६ खेल हारेका थिए ।
मुम्बईले २४ अप्रिलमा लखनऊ, ३० अप्रिलमा राजस्थान, ६ मे मा गुजरात र ९ मे मा कोलकातासँग खेल्नेछ । त्यस्तै १२ मे मा चेन्नई, १७ मे मा हैदराबाद र लिगको अन्तिम खेल २१ मे मा दिल्लीसँग खेल्नेछ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा सर्वाधिक डक (शून्य) आउट हुने खेलाडी बनेका छन् ।
बिहीबार रोहित शर्मा चेन्नई सुपर किंग्सविरुद्ध शून्यमै क्याच भए । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ गर्नेक्रममा पहिलो ओभरको दोस्रो बलमै आउट भएका थिए । तीव्र गतिका बलर मुकेश चौधरीको पहिलो ओभरको दोस्रो बलमा रोहित मिडअनमा मिचेल सान्टनारबाट शून्यमा आउट भए ।
उनी आइपिएलमा १४ औं पटक डक आउट भएका हुन् । एक खेलाडीको रुपमा आइपिएलमा सर्वाधिक डक हुने खेलाडी हुन् । रोहितपछि अजिंक्या रहाणे, पार्थिव पटेल, अम्बाती रायुडू, मनदीप सिंह, हरभजन सिंह र पियुष चवला १३–१३ पटक डक आउट भएका थिए ।
मुम्बईका दुबै ओपनर रोहित शर्मा र ईशान किशन लयमा छैनन् । रोहित यस सिजनमा क्रमशः ४१, १०, ३, २६, २८, ६ र ० मा आउट भएका छन् । पाँच पटकको मुम्बई लगातार ७ हारको साथ पुछारमा छ ।
मुम्बई सुरुवाती ७ खेल हार्ने पहिलो टोली हो । यसअघि सुरुवाती ६ खेल मात्र गुमाउने दुई टोली थिए । सन् २०१३ मा दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) र २०१९ मा रोयल च्यालेन्जर्स बेंगलोरले सुरुवाती ६ खेल हारेका थिए ।
मुम्बईले २४ अप्रिलमा लखनऊ, ३० अप्रिलमा राजस्थान, ६ मे मा गुजरात र ९ मे मा कोलकातासँग खेल्नेछ । त्यस्तै १२ मे मा चेन्नई, १७ मे मा हैदराबाद र लिगको अन्तिम खेल २१ मे मा दिल्लीसँग खेल्नेछ ।
प्रकाशित मितिः २०७९ बैशाख ०९ शुक्रबार
Comments