काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा पीएनजीले टस जितेर नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको हो ।
नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको सिरिज अन्तर्गत नेपालले चारमध्ये चार खेल जित्दै फाइनल प्रवेश गरेको हो भने पीएनजी र मलेसियाले एक–एक खेलमा जित हात पारेपनि नेट रनरेटका आधारमा पीएनजी फाइनलमा प्रवेश गरेको हो ।
फाइनलका लागि भने घाइते भएका कमल सिंह ऐरी टिमबाट बाहिरिएका छन् । यता लिग चरणमा मलेसियाविरुद्ध बेन्चमा रहेका सोमपाल कामी भने प्लेइङ ११ मा अटाएका छन् ।
प्रकाशित मितिः २०७८ चैत २१ सोमबार
Comments