काठमाडौं । स्टार फुटबलर मोहम्मद सलाहले पेनाल्टी गुमाउँदा इजिप्टलाई पराजित गर्दै सेनेगल कतार विश्वकप २०२२ का लागि छनोट भयो । सलाहले प्रहार गरेको पेनाल्टी सोझै बाहिरीएपछि उनको त्यो पेनाल्टीको चर्चा यतिबेला सोसियल मिडियामा निकै भइरहेको छ ।
तर बेलायती अनलाई डेलिमेसलले राखेको भिडियोमा उनले पेनाल्टी प्रहार गर्दा उनको आँखामा लेजर लाइट पारेको देखिएको छ । विश्वकप छनोटको प्लेअफ अन्तर्गत सेनेगलसँगको खेलको अधिकांश समय सलाहको आँखामा लेजर लाइट पारिएको र पेनाल्टी प्रहार गर्दापनि उनको अनुहारमा सो लाइट दर्शकदिर्घाबाट पारेको देखिएको छ ।
जसका कारण उनले पेनाल्टी प्रहार गर्दा केन्द्रित हुन नसकेको बताएको छ । जसका कारण इजिप्ट फुटबल संघले सेनेगलका समर्थकले रंगभेद गरेको समेत आरोप लगाएको छ । सो खेलका लागि टिमको बस आउँदा समर्थकले नराम्रो ब्यबहार गरेको इजिप्ट फुटबल संघको आरोप छ ।
कतार बिश्वकपमा अहिलेसम्म २७ देशले छनोट भएका छन । जसमा आयोजक देश कतारसँगै जर्मनी, डेनमार्क, ब्राजिल, बेल्जियम, फ्रान्स, क्रोसिया, स्पेन, सर्विया, स्युजरल्याण्ड, इंग्ल्याण्ड, नेर्दरल्याण्ड, अर्जेटिना, इरान, साउथ कोरिया, साउदी अरब, जापान, इक्वयटर, उरुग्ये, क्यानडा, घाना, सेनेगल, पोर्चुगल, पोल्याण्ड, टुनेसिया, मोरोक्को, र क्यामरुन छनोट भइसकेका छन् ।
अझै पाँच टोली छनोट हुन बाँकी रहेको छ । क्यानडा १९८६ विश्वकपपछि पहिलो पटक छनोट भएको छ । त्यस्तै यसपाली इटाली छनोट हुन सकेन् ।
प्रकाशित मितिः २०७८ चैत १६ बुधबार
Comments