काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । दोस्रो चरणको प्रशिक्षणमा रहेका २२ खेलाडीबाट अन्तिम टोली छानिएको हो ।
यसअघि प्रशिक्षक बस्नेतले प्रारम्भिक चरणमा ३२ खेलाडीलाई बोलाएर १३ फागुनदेखि प्रशिक्षण सुरु गरेका थिए । त्यसपछि उनले १० खेलाडीलाई बाहिर राख्दै दवस्रो चरणमा २२ खेलाडी छनोट गरेका थिए ।
एसियाली फुटबल महासंघअन्तर्गत मध्य र दक्षिण एसियाली क्षेत्रको समूह बी मा रहेको नेपालले यसपटक एसियाली पावरहाउस उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानको सामना गर्दैछ ।
किर्गिस्तानमा चैत १८ देखि बैशाख २ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले चैत २७ गते उज्वेकिस्तान, २८ गते ताजिकिस्तान र २९ गते अफगानिस्तानसँग खेल्दैछ ।
प्रकाशित मितिः २०७८ चैत ०७ सोमबार
Comments