काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार मच्छिन्द्र फुटबल क्लबका मिडफिल्डर मनीष डाँगी गम्भीर घाइते भएका छन् । च्यासल युथ क्लबका यानिक केचसँग टाउको ठोक्किएपछि मनीष मैदानमै ढलेका थिए ।
मैदानमा प्राथमिक उपचारपछि उनलाई मैदानबाटै एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ । ६५औँ मिनेटमा हेडिङ गर्ने क्रमा मनीष र केचको टाउको ठोक्किएको थियो । त्यसपछि मनीष मैदानमा ढलेका थिए ।
गम्भीर घाइते भएका मनीषलाई सीपीआर दिइएको थियो । च्यासल र मच्छिन्द्र दुवै टोलीका खेलाडीले मैदानमै मनीषका लागि प्रार्थना गरेका थिए । खेलमा मच्छिन्द्र २–० ले विजयी भयो । मच्छिन्द्रका लागि सुनील बल र विमल घर्तीमगरले एकरएक गोल गरे ।
प्रकाशित मितिः २०७८ माघ २९ शनिबार
Comments