काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन पिएसजीले रेनसमाथि १-० को जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा पिएसजीलाई जित दिलाउन दोस्रो हाफको इन्ज्युरी समयमा कायलिन एमबाप्पेले निर्णायक गोल गरेका हुन् ।
जितसङ्गै लिग वानको अङ्क तालिकामा पिएसजीले १६ अङ्को स्पष्ट अग्रता बनाएको छ । पिएसजीले २४ खेलबाट ५९ अङ्क जोडेको छ ।
उसले अहिलेसम्म लिगमा १८ खेल जितेको छ भने ५ खेलमा बराबरीको नतिजा निकालेको छ । पिएसजीले केवल एउटा खेलमा हारको सामना गरेको छ । दोस्रो स्थानमा रहेको मार्सिलेले २३ खेलबाट ४३ अङ्क जोडेको छ । रेनसले भने २४ खेलबाट ३७ अङ्क जोडेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ २९ शनिबार
Comments