काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ । qबुधबार राति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेज र केभिन डी ब्रुएनले एक एक गोल गरे । खेलको ४० औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई २-० को जित दिलाए । यस जितसँगै सिटीले लिगमा लिभरपुलमाथि १२ अंकको अग्रता बनाएको छ ।
सिटीले २४ खेलमा ६० अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलको ४८ अंक रहेको छ । ब्रेन्टफोर्ड २३ अंक जोडेर १४ औं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ २७ बिहीबार
Comments