काठमाडौं । म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे हेया प्रिमियर लिगमा जनवरी महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।
प्रिमियर लिगले डेभिडलाई शुक्रबार प्लेयर अफ द मन्थु घोषित गरेको छ । जनवरी महिनाको उत्कृष्ट खेलाडी बन्दै डेभिडले प्लेयर अफ द मन्थ अवार्ड जितेका हुन् ।
डेभिड २०१६ पछि प्लेयर अफ द मन्थ अवार्ड पहिलो गोलकिपर हुन् । २०१६ को फेब्रुअरीमा साउथह्याम्पटनका गोलकिपर फ्रेजर फोर्स्टरले यस अवार्ड पाएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ २२ शनिबार
Comments