काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरको खेल तालिका औपचारिक रुपमा सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी०ले शुक्रबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।
त्यसअनुसार नेपालले फागनु ६ गते ओमानविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले ओमान एकेडेमीको एक नम्बर मैदानमा खेल्नेछ । नेपालले दोस्रो खेल फागुन ७ गते फिलिपिन्सविरुद्ध खेल्नेछ । फिलिपिन्सविरुद्ध दोस्रो मैदानमा खेल्नेछ ।
नेपालले समूह चरणको अन्तिम तथा तेस्रो खेल फागुन ९ गते क्यानडाविरुद्ध खेल्नेछ ।
ग्लोबल क्वालिफायर ‘ए’मा आयोजक ओमान, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, नेपाल, फिलिपिन्स र युनाइटेड अरब इमिरेट्स ९यूएई० छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा क्यान, ओमान र फिलिपिन्स छन् । अर्को समूहमा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । फाइनल खेल्ने दुई टोलीले अष्ट्रेलियानमा हुने विश्वकपमा स्थानमा बनाउनेछ ।
समूह ‘बी’मा हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा, अमेरिका र जिम्बाब्वेले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’को खेल जुलाई ११ देखी १७ सम्म जिम्बाब्वेको हरारेमा हुने आईसीसीले जनाएको छ ।
प्रकाशित मितिः २०७८ माघ १४ शुक्रबार
Comments