काठमाडौं । मोरक्कोले अफ्रीका कप अफ नेसन्स फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार राति कोमोरोसलाई २-० गोल अन्तरले हराउँदै मोरक्कोले लगातार दोस्रो जित निकालेको हो ।
मोरक्कोलाई जित दिलाउन सेलिम अमल्लाह र जाकारिया अबौखलालले एक एक गोल गरे । खेलको १६ औं मिनेटमा सेलिमले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । ८३ औं मिनेटमा मोरक्कोका युसुफ नेसरीले पेनाल्टीमा गोल गर्न सकेनन् ।
तर, खेलको ८९ औं मिनेटमा जाकारियाले गोल गर्दै मोरक्कोलाई २-० को जित दिलाए । यस जितसँगै समूह सी को मोरक्कोले २ खेलमा ६ अंक जोडेको छ । मोरक्कोले अन्तिम १६ मा स्थान समेत पक्का गरेको छ । मोरक्को शीर्ष स्थानमा रहेको छ । कोमोरोसको यो लगातार दोस्रो हार हो । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ १ शनिबार
Comments